Schedule 11
जग्गाधनी दर्ता प्रमाणपूर्जा

अनुसूची –११

ध्यान दिनु पर्ने कुराहरू

१. प्रत्येक आर्थिक वर्षको माघ मसान्तसम्ममा मालपोत बुझाएमा बुझाउनु पर्ने मालपोतमा पाँच प्रतिशत छुट दिइनेछ ।
२. मालपोत प्रत्येक आर्थिक वर्ष जेष्ठ मसान्तसम्ममा बुझाई सक्नु पर्छ ।
३. मालपोत नबुझाएमा जग्गा रोक्का हुन सक्छ ।
४. प्रत्येक आर्थिक वर्षको असार पन्ध्र गतेसम्ममा मालपोत बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्ने र असार पन्ध्र पछि लिलाम विक्री हुनु अघि मालपोत बुझाएमा मालपोतको वार्षिक दश प्रतिशत थप शुल्क लाग्नेछ ।

५. म्यादभित्र मालपोत नबुझाएमा जग्गा लिलाम विक्री हुन सक्छ ।

६. जग्गा धितो दिंदा जग्गाधनी दर्ता प्रमाण पूर्जा बुझाउनु पर्दैन । धितो लिने कार्यालयले धितो रहेको जग्गाको विवरण यसै जग्गाधनी दर्ता प्रमाण पूर्जामा उल्लेख गरी सो जग्गाधनी दर्ता प्रमाण पूर्जा जग्गावालालाई नै दिनेछ ।
७. यो जग्गाधनी दर्ता प्रमाण पूर्जालाई सुरक्षित राख्नु होला । जग्गाधनी दर्ता प्रमाणपूर्जा हराएमा, चोरी भएमा वा नासिएमा तुरुन्त सम्बन्धित मालपोत कार्यालयमा लिखित जानकारी दिनुहोला ।